९६ थान एम्पुल लागूऔषधसहित पोखरामा हेमन्त प्रकाउ

पाेखरा | कात्तिक २४, २०७९

९६ थान एम्पुल लागूऔषधसहित पोखरामा हेमन्त प्रकाउ

पोखराः  ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ । 

 

पोखरा महानगरपालिका ३० का ३५ वर्षीय हेमन्त थापामगरलाई ९६थान एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

 

ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीको टोलिले पोखरा २६ अघौंचोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मगरको साथबाट डाईजाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी ९६ थान एम्पुल लागूऔषध , १ थान मोबाईल र १२ हजार रुपैयासहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

 

लागूऔषधसहित प्रकाउ परेका मगरलाई लागूऔषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १६दिनको म्याद गरी अनुसन्धान अगाडी बढाएको छ । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्